काठमाडौँ – खाद्य सुरक्षाका लागि काम गर्दै आएका संस्थाहरुले यस वर्षको खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले खाद्यका लािग कृषि अभियानका रुपमा दिवसलाई महिनाव्यापी रुपमा मनाउने जनाएका हुन् । यस वर्ष हाम्रो पहल : सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नाराका साथ अक्टोबर १० तारिकमा विश्व खाद्य दिवस मनाउँदैछ ।


ADVERTISEMENT

# # #


यस वर्ष नेपालको कृषि खडेरी र अतिवृष्टि दुवैको सिकार भएको तथा कृषि क्षेत्रमा बिभिन्न समस्या आएकाले जिम्मेवार निकायको ध्यानाकर्षण गराउन र खानाका लागि विभिन्न आयामहरुका बारेमा जनशिक्षा दिन महिनाव्यापी रुपमा दिवस मनाउन लागिएको फियान नेपालका कार्यक्रम अधिकृत लक्ष्मी गुरुङले जानकारी दिइन् ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो