काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल रोक्न सकिने मृत्यु मानिने आत्महत्याका घटना झनझनै विकराल बन्दै गइरहेको बताएको छ ।


ADVERTISEMENT


मन्त्रालयले ‘क्रिएटिङ होप थ्रु एक्शन’ अर्थात् ‘कार्यमार्फत आशाको सृजना’ नारासहित ‘विश्व आत्महत्या रोकथाम दिवस–२०२१’ मनाउने अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार, नेपालको सन्दर्भमा गतवर्ष मात्रै आत्महत्याका कारण ज्यान गुमाउने संख्या ७,११७ रहेको छ, जबकी वि.सं २०७३/७४ को आवमा यसको दर जम्मा ५,१२४ रहेको देखिएको थियो । यस दरसंगै नेपाल विश्वमै सबैभन्दा बढि आत्महत्या गर्ने देशको सातौ स्थानमा परेको छ ।

यो तथ्य सम्पूर्ण नेपालीको निम्ति नै दुःखद पक्ष रहेको जनाउँदै मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यसका रोकथामका लागि मन्त्रालय लागिपरेको जनाएको छ । यसैअनूरुप देशभर एक सय ३० बेडको मानसिक शय्याहरु सञ्चालन गर्ने योजना रहेको बताउँदै उनले भने, ‘आत्महत्याका घटनाहरु न्युनिकरणका लागि मन्त्रालयले देशभरका १३ अस्पतालहरुमा दश बेडको सेवा सुविधा विस्तार गर्ने योजना थालेको छ ।’

मानसिक बेड विस्तारका लागि प्रत्येक प्रदेशमा ५० लाखको बजेट विनियोजन

कार्यक्रममा बोल्दै स्वास्थ्य सचित डा. रोशन पोखरेलले भने आत्महत्या रोकथामका लागि सरकारी तथा व्यक्तिगत निकायले विगतमा के गर्‍यो/गर्‍यौँभन्दा पनि के आगामी दिनमा के गर्ने? भन्ने कुरा महत्वपूर्ण रहने बताएका छन् । यसका लागि उनले सरकारले पनि प्रत्येक ७ प्रदेशमा कुल १३० मानसिक बेड विस्तारका लागि प्रति प्रदेश ५० लाख विनिमयका दरले बजेट छुट्याएको जानकारी समेत दिए । यसैगरि, प्रत्येक पालिकामा कम्तिमा पनि एक काउन्सिलर र प्रत्येक पालिकामा एक जना मनोविद् विस्तार गर्ने सरकारको रणनीति रहेको उनको भनाई छ ।

यस्तै, उनले यस्ता घटनाका खबरहरुमा आत्महत्यालाई निरुत्साहित गर्ने शब्दहरुको चयन गर्दै समाचार प्रस्तुत गर्न सम्पूर्ण सञ्चारकर्मीहरुलाई सुझाए ।

कार्यक्रममा उपस्थित डब्लूएचओ तथा युनिसेफका प्रतिनिधि, पत्रकार एवम् अन्य सम्बन्धित विज्ञहरुलाई समेत डा. पोखरेलले आत्महत्या रोकथामका निम्ति आ–आफ्नो ठाउँबाट पहल गरिदिन आग्रह गरेका छन् ।

‘अधिकांश मानसिक समस्या बाल्यवस्थाबाट नै शुरु हुन्छन्’

बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुवँरले अधिकांश व्यक्तिमा मानसिक समस्या बाल्यवस्थाबाट नै शुरु हुने बताएका छन् । बाल आत्महत्यको बारेमा बोल्दै उनले भने, ‘गतवर्ष घटेका आत्महत्याका कुल केशमध्ये पनि २ सय ६९ जना १२ वर्षभन्दा मुनिका बालबालिकाले आत्महत्याको बाटो रोजेको पाइयो । यसबाट पनि के पुष्टि हुन्छ भने, अधिकांश व्यक्तिमा मानसिक समस्या उनीहरुको बाल्यावस्थाबाट नै शुरु हुन्छ ।’ यसको रोकथामका लागि बालबालिकाको कुरा ध्यानपूर्वक सुनिदिने र उनीहरुको समस्या तथा चासोको विषयलाई प्राथमिकताका साथ लिनुपर्ने उनको भनाई छ ।

यस्तै, नेपालमा धान रोप्ने बेलामा प्रयोग हुने विषाक्तिको सेवनबाट पनि बालबालिकाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको भन्दै उनले घरमा यस्ता केमिकलहरु बालबालिकाको पहुँचबाट टाढै राख्न समेत अभिभावकलाई आग्रह गरे ।

‘आत्महत्या वा आत्महानीको को सोच आए ११६६ मा फोन गरौँ’

आफुमा कुने पनि आत्महानी वा आत्महत्याको सोच आए परामर्शका लागि ११६६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यो राष्ट्रिय हेल्पलाइन आत्महत्या तथा आत्महानीको सोच आएका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टि.पि.ओ नेपालद्धारा सञ्चालन गरिएको निःशुल्क हेल्पलाइन नम्बर हो ।

आफूलाई आवश्यक परेको महशुस गरेका कुनैपनि व्यक्तिले जुनसुकै समयमा पनि फोन गर्न सकिने बताउँदै मन्त्रालयले व्यक्तिको गोपनीयतालाई मध्यनजर गर्दै त्यहाँ गरेका कुराहरु गोप्य नै रहने जनाएको छ ।