काठमाडौँ – नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसंग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताएका हुन् । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आजको आजै गर्नुपर्ने हतारो पनि थिएन । एउटा वातावरण बनाएर, समय लिएर, सर्वदलीय सहमतिबाट गरेको भए धेरै राम्रो हुन्थ्यो ।’

त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको बताए । उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको बताए ।

सांसद बास्कोटाले छापामार शैलीमा संशोधित बजेट ल्याइएको बताए ।

शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।