काठमाडौं – नेपाललाई आर्थिक सहायता दिने देशहरुको सूचीमा भारत पहिलो नम्बरमा रहेको छ । नेपाललेल भारतबाट धेरै पहिलेदेखि आर्थिक सहायता र ऋण पाउँदै आएको छ ।


ADVERTISEMENT


नेपालले वैदेशिक राष्ट्रहरुबाट पाएको सहायताको डाटा हेर्ने हो भने भारतले पुरै सहयोगको ३१ प्रतिशत हिस्सा ओगटेको छ । नेपाल भारत मित्रताको यो राम्रो उदाहरण हो । अनुदान दिने राष्ट्रका रुपमा भारत पहिलो नम्बरमा रहेको हो ।


ADVERTISEMENT

# # #


ऋण दाताका रुपमा भने भारत दोस्रो स्थानमा रहे पनि समग्रमा भने भारत नेपाललाई आर्थिक सहयोग गर्ने देशहरुको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

विगतका दिनहरुमा पनि नेपालले भारतीय सहयोग पाउँदै आएको छ ।

त्यसैगरी चाइना भारत एक नम्बरमा रहँदा दोस्रो स्थानमा छ । चाइनाले नेपालले पाएको वैदेशिक आर्थिक सहायताको १५ प्रतिशत हिस्सा ओगटेको छ । भारतले करीब ३१ प्रतिश हिस्सा ओगट्दा चाइना १५ प्रतिशतमा सीमित भएको हो ।

नेपाललाई ऋण दिने ऋण दाता राष्ट्रका रुपमा भने चाइना सबैभन्दा अगाडि रहेको छ । भारतले करीब आर्थिक सहयोगको भार एक तिहाइ बहन गरेको छ भने चाइनाले सात भागको एक भाग ओगटेको छ ।

हाल नेपाल एमसीसीको चपेटामा परिरहे पनि नेपालले अन्य देशहरुबाट पनि आर्थिक सहायता पाइरहेको छ । नेपाल पाइरहेको आर्थिक सहायतामा जुलाई महिनाकोबीचसम्ममा भारत सबैभन्दा अघि देखिएको छ भने एमसिसीको चपेटामा पार्ने अमेरिका भने नेपाललाई सहयोग गर्ने देशहरुको सूचीमा पुछारमा रहेको बंगलादेशभन्दा एक स्टेप मात्र बाँकी छ ।

नेपाललाई अमेरिकाले ३ दशमलब १ प्रतिशत सहयोग गरेको छ । यो हिस्सा प्रतिशतमा सानो देखिए पनि रकमका हिसाबले भने ठूलो हो । पुछारमा रहेको बंगलादेशले २ दशमलब ७ प्रतिशत सहयोग गर्दा अमेरिका त्योभन्दा अलिक माथि मात्र देखिएको हो ।

ऋण दाताका रुपमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो स्थानमा समेटिँदा अमेरिका चौथो स्थानमा समेटिएको छ ।

यस्तो छ दाताहरुकाे सूची :