काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा युवाहरुले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


एमसिसी खारेज राष्ट्रिय अभियानका निर्ग जैसीसहितको टोलीले एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को याक एण्ड यती होटलस्थित कार्यालय अगाडि युवाहरुले शनिबार प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


युवाहरुले होटल भित्रै गएर प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिए–नेपालको कार्यालय हटाउन माग गरेका छन् । प्रहरीले प्रदर्शनमा सहभागी कम्तीमा तीन युवालाई पक्राउ गरेको छ ।

एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन ।