पोखरा– कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन्।


ADVERTISEMENT


काँग्रेस क्षेत्र न १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आज उद्घाटन गर्दै काँग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान काँग्रेसकै बहुमतको सरकारबाट मात्रै कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेश नं १ (ख)का उम्मेदवार कृष्ण केसी, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, काँग्रेस महानगर एकाइ समितिका सभापति वजिरमान श्रेष्ठ, नेता प्रकाशमोहन खनाल, विमल बस्याल, कोपिला रानाभाट, चन्द्रावती पौडेल, रसकुमारी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै काँग्रेस क्षेत्र नं १ को भेलाले क्षेत्रीय सभापति विर्जमान गुरुङको संयोजकत्वमा एक हजार १११ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ ।