काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज निर्वाचन चिन्ह प्रदान गर्दैछ ।


ADVERTISEMENT


उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानविन गरी हिजो प्रारम्भिक नामावली प्रकाशन गरेको आयोगले उम्मेदवारी फिर्ताका लागि आज १ बजेसम्मको समय दिएको थियो । आयोगले उम्मेदवारी फिर्ताको समय सकिए लगत्तै ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने समय तोकेको थियो ।


ADVERTISEMENT

# # #


अहिले केहीबेरपछिबाट साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दोस्रो चरणमा १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि मंसिर २१ गते मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आसन्न निर्वाचनको अनुगमनमा खटिने कमर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भई काम गर्न आग्रह गरेका छन् ।

आयोगको कार्यालयमा आज सह–सचिव स्तरीय निर्वाचनमा खटिने अनुगमन टोलीका प्रमुखलाई प्रशिक्षण दिने क्रममा प्रमुख आयुक्त यादवले निर्वाचनका बेला आइपर्ने प्रतिकुलताको सामना गरी काम गर्न आग्रह गरेका हुन् । उनले हिमाली जिल्लामा हुन सक्ने मौसमी प्रतिकुलता, भौगोलिक कठिनता, र उम्मेदवार/उम्मेदवारबीच हुन सक्ने झडपका बेला समन्वय गर्न आग्रह गरे ।

मतदानका क्रममा कुनै गैरकानुनी गतिविधि भए मतदान स्थलको फोटो खिचेर नजिकको निर्वाचन अधिकृतको कार्यलयमा पठाइ जानकारी गराउन पनि अनुगमनमा खटिने कर्मचारीलाई प्रमुख आयुक्त यादवले आग्रह गरेका छन् ।