काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय क्रिकेट लिग–२ का लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।


ADVERTISEMENT


अभ्यासका क्रममा केही दिनअघि घाइते भएका उनलाई निको हुन कम्तीमा दुई हप्तान लाग्ने भएकाले उनले सिरिज गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार दीपेन्द्रको दायाँ खुट्टाको गोलीगाँठामा मर्किएको थियो । चिकित्सकले दुई हप्ता पूर्ण आराम गर्न सुझाएका छन् ।


ADVERTISEMENT

# # #


दीपेन्द्रले यसअघि सोही कारण पपुवा न्यूगिनीविरुद्धका दुई एकदिवसीय खेलहरु पनि गुमाएका थिए । पछिल्लो समय लयमा रहेका दीपेन्द्रको बहिर्गनसँगै ओमान सिरिजमा नेपाललाई ठूलो धक्का लागेको छ ।

केही समय पहिले मुख्य ब्याट्सम्यान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । दीपेन्द्र ऐरीले पनि सिरिज गुमाउने भएसँगै नेपालको मिडिल अर्डर चिन्ताको विषय बनेको छ ।