काठमाडौं – मञ्जुश्री फाईनान्सले देशभर थप ४ वटा नयाँ शाखा विस्तार गरेको छ । मञ्जुश्री फाईनान्सले आफ्नो पन्ध्रौं शाखासम्म विस्तार गरेको हो । फइनान्सले एकै दिन चार शाखाको विस्तार गर्दै देशभर पन्ध्र वटा शाखा बनाएको छ ।


ADVERTISEMENT


मञ्जुश्रीले आइतबार बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुट्टी, मनिग्राममा र भैरहवाको कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखाकार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए । अब थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।

२०७८ साल असारमसान्त सम्म रु ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको  फाईनान्सले रु ८.९१ अर्ब निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैकिंग, इन्टरनेट बैकिंग  सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

फाईनान्स नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त रहेको छ ।