काठमाडौ – प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले मंगलबार पनि संसदमा अवरोध सिर्जना गरेका छन् । यद्यपि आज भने एमालेको नाराबाजी र अवरोधबीच पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।


ADVERTISEMENT


१४ सांसद पदमुक्त भएको सूचना जारी नभएसम्म संसद अवरोध गर्ने घोषणा अनुसार, बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले आज पनि वेल घेरेर नाराबाजी शुरु गरेका थिए । तर, रोष्ट्रममा रहेका अर्थमन्त्री जनार्दन शर्माले भने विनियोजन विधेयकमाथिको छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि सभामुख सापकोटाले विनियोजन विधेयकमाथिको छलफल अघि बढाएका हुन् । अहिले संसदमा एकातर्फ एमाले सांसदहरुले नाराबाजी र अर्कातर्फ बजेट छलफल चलिरहेको अनौठो दृश्य देख्न सकिन्छ । । ।