काठमाण्डौं-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै लिगमा चौथो स्थानमा उक्लिएको हो ।


ADVERTISEMENT


पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गोल गरेका थिए । त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।


ADVERTISEMENT

# # #


गएरातिको हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ । युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ । तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ । चौथो स्थानमा रहेको चेल्सीको २२ अंक भएको छ।