काठमाडौँ – गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैँकले जनाएको छ । नेपालीहरूकोमेहनतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने बैंकको उद्देश्य रहेको बैँकको छ ।


ADVERTISEMENT

# # #


बैँकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको वृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।