काठमाडौँ– भारतीय राजदूतावास, काठमाडौंले हिन्दी दिवसको अवसरमा ‘आजादीको अमृत महोत्सव’ को रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आयोजना गरिरहेको छ ।


ADVERTISEMENT


‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबमिनारसंगै सो कार्यक्रम गत बुधवारदेखि सुचारु गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रम आगामी असोज १२ गतेसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । भारतको आग्रस्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथ्यता रहेको सो वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञले सहभागिता जनाएका छन् ।

कार्यक्रममा सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्धन गर्न सकिन्छ? भन्नेबारे आ–आफ्ना मत प्रस्तुत गरेका थिए । भाषा विज्ञहरुले संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेकोमा जोड दिएका छन् ।

उक्त अवसरमा भारतका गृहमन्त्री अमित शाह एवम् विदेशमन्त्री डा एस जयशंकरले दिएका सन्देश समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्राको उपस्थित रहेको थियो भने नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा. संजीता बर्मा तथा दिग्गज हिन्दी साहित्यकार डा. राम दयाल राकेशले समेत सहभागिता जनाएका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारत एवम् अन्य मुलुकमा ‘हिन्दी दिवस’ मनाउने गरिन्छ ।