काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै तयार पारिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नु पार्टी नेताहरुको कर्तव्य रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेललेपार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन् । ‘१० बुँदे सहमतिमा उल्लेख गरिएको सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागू गर्ने हाम्रो प्रतिवद्धता हो ।’ उनले भने, ‘त्यो प्रतिवद्धताबाट पार्टी नेतृत्व किञ्चत पछि हट्दैन । किनभने हामीलाई चाहिएको छ, पार्टी एकता ।’


ADVERTISEMENT

# # #


यद्दपी उनले पार्टीका संगठनात्मक संरचनालाई पूर्णरुपमा २०७५ जेठ २ मा फर्काउन नसकिने संकेत गरे । अहिलेको एमाले विकसित एमाले रहेको बताउँदै उनले भने, ‘पार्टीका संगठनात्मक संरचनालाई २०७५ साल जेठ २ मा पुर्याउने कुरालाई कानुनी अर्थ र मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ गतेको एमाले मात्रै होइन । यो विकसित एमाले हो । परिवर्तित र एकता प्रक्रियासहितको एमाले हो भन्ने कुरा बुझ्नु जरुरी छ ।’

यान्त्रिक ढंगले २०७५ जेठ २ मात्रै भनियो भने साँचो अर्थमा एकता प्रक्रियापछि विकसित भएको एमालेलाई बुझ्न नसकिने उनले बताए ।

पार्टी एकता लबजमा बोल्ने प्रिय शब्द मात्र नभई पार्टीको यथार्थ सांगठनिक जीवनमा, राजनीतिक जीवजनमा ठिक ढंगले लागू गनुपर्ने कुरा भएको उनले बताए । पार्टीको पक्षमा दृढतापूर्वक नउभिए एकता सम्भव नहुने पोखरेलले धारणा राखे ।

गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने र फुट र विभाजनकारी गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाई छ । केन्द्रदेखि प्रदेशसम्म नेतृत्वलाई व्यवस्थित गर्न नसकिएन भने अघि बढ्न नसक्ने बताउँदै उनले भने, ‘हामीलाई लागिरहेको छ, हामी सबै योग्य छौँ । तर, योग्यहरुमध्ये योग्यतम कम्रेडहरुलाई विधिसम्मत ढंगले नेतृत्वमा स्थापित गर्नु आजको आवश्यता हो ।’