काठमाडौँ– नेपाल अर्बूद रोग निवारण संस्थाले सन् २०३० सम्ममा नेपाललाई सुर्तीजन्यरहित देश बनाइने बताएको छ ।


ADVERTISEMENT


संस्थाको ३९ औं वार्षिकोत्सवको अवसरमा भएको भर्चुअल कार्यक्रममार्फत संस्थाले आफ्नो भावी योजनाबारे बताउँदै यस्तो जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


विगत चार दशकदेखि नेपालमा क्यान्सर रोग सचेतनाका निम्ति विभिन्न कार्यक्रम एवम् पहल गर्दै आएको सो संस्थाले समय–समयमा क्यान्सर रोगबारे परिचयात्मक कार्यक्रमहरु विभिन्न स्कूल, समुदाय, उमेर समूह तथा वर्गहरु माझ गर्दै आइरहेको छ । संस्थाले विशेषगरी धुम्रपान रहितदिवसको उपलक्ष्यमा धुम्रपानविरुद्धको र्‍याली आयोजना तथा पोष्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरु, प्रकाशन गरी व्यापक रुपमा केन्द्र शाखाले प्रचार प्रसार गर्ने गरेको छ ।

यस्तै संस्थाकै पहलमा गत भदौ २५ मा बसेको बैठकले नेपालमा क्यान्सर पिडितलाई उपचारका लागि सरकारले मासिक ५ हजार रुपैँया दिने व्यवस्था गरेको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता बिरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर,  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेपनि पुनः देउवा सरकारको विस्तारसंगै सो निर्णयलाई निरन्तरता दिइएको हो ।

यसैगरि, सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्र्तगत विपन्न नागरिक कोषबाट एक लाख रुपैँया प्रदान गर्दै आएको छ । तर, एक क्यान्सर बिरामीको उपचारको लागि कम्तीमा पनि झण्डै दश लाख बराबर खर्च लाग्ने भन्दै संस्थाले सरकारको तर्फबाट सो सहयोग बढाउनुपर्नेमा पनि जोड दिदैँ आएको छ ।

विश्वभर प्रत्येक वर्ष अन्र्तराष्ट्रिय रुपमा ४ फेबूअरीमा ‘क्यान्सर दिवस’ मनाउने गरिन्छ । सो अवसरमा यस संस्थाकै नेतृत्वमा नेपालले पनि  जनचेतना प्रवाह गर्ने एवम् क्यान्सर पिडितहरुको मनोबल बढाउने उद्देश्यले डब्लूएचओको क्यान्सरसम्बन्धिको मुल नारा ‘आईएम एण्ड आई विल’ अर्थात्, ‘म हुँ र म सक्छु’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गर्दै  आएको छ ।