काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नाममात्रको पार्टी भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी पार्टी नभई प्रचण्डको गुटमात्र भएको भन्दै नाममात्रको पार्टी रहेको टिप्पणी गरे । त्यस्तै उनले एमाले फुटेको नभइ पार्टी भित्रको फोहर मात्र बाहिरिएको तर्क गरे ।


ADVERTISEMENT

# # #


माओवादी पार्टी एमालेसँग रहेको जिकिर गर्दै उनले भने, ‘नेकपा माओवादी पृष्ठभूमिको ठूलै हिस्सा प्रचण्डसँग जान मानेन, एकता तोड्न मानेन । कानुनी हिसाबमा माओवादी केन्द्र भन्ने नाम छ, अब त्यो माओवादी केन्द्र होइन, प्रचण्ड गुट मात्र हो । माओवादी केन्द्र त एमालेमा मिलिसक्यो ।’

उनले एमालेको सरकार हुँदा प्रतिगमन भयो भनेर प्रतिक्रियावादी शक्तिसँग नेपाल मिलेको आरोप लगाए । ओलीले अलोकतान्त्रिक विधिबाट जन्मिएका पार्टीलाई जोडेर अग्रगामी सरकार बनाउन नेपालले पार्टी छोडेको जिकिर गरे ।

माओवादी केन्द्रका कार्यकर्ता प्रचण्डको घरेलु कार्यकर्ता भएको आरोप लगाउदै प्रचण्डको सेवामा नभइ देशको सेवामा लाग्न माओवादी केन्द्रका नेता कार्यकर्तालाई आह्वान गरे । ओलीले एमालेको शक्ति र नीति परिवर्तन नभएको भन्दै भूमिकामात्र परिवर्तन भएको र आगामी निर्वाचनमा पुनः पहिलो शक्ति भएर देखाउने तर्क गरे । त्यस्तै उनले वर्तमान सरकारले जनताका लागि कुनै काम गर्न नै नसकेको आरोप लगाए ।