काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यसै साताभित्र आफ्नो पार्टीले पूर्णता पाउने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेपछि उनले प्रतिक्रिया दिंदै यसै साता मन्त्रिपरिषद् विस्तारसंगै आफ्नो पार्टीले पूर्णता पाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपस्थित पत्रकारले उनलाई मन्त्रिपरिषदले कहिले पूर्णता दिने? भनेर सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जवाफमा उनले भनेका छन्, ‘ म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

यसैगरि उनले उनले सरकारमा जान आफूहरु तयारी अवस्थामा रहेको पनि जनाएका छन् ।