तनहुँ – वि.सं. २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार व्यास नगरपालिका–२ स्थित गणेशमान सिंहको शालिकमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले माल्यार्पण गरेका छन् ।


ADVERTISEMENT


नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । तस्वीर  कृष्ण न्यौपाने, रासस