काठमाडौं – सरकारले दिने विभुषण तथा पदक कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले श्रीमतीलाई दिलाएका छन् भने अर्कोतिर नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधव नेपालले बितिसकेका बाबुलाई दिलाएका छन् ।


ADVERTISEMENT


दुवै नेताले आफ्ना परिवारको सदस्यलाई प्रवल जनसेवाश्री विभुषण दिलाएका हुन् । नदिलाउन् पनि किन ? आफ्नै हातमा सत्ताको चाबी छँदै छ !


ADVERTISEMENT

# # #


सरकारको सिफारिसमा राष्ट्रपतिले घोषणा गरेको विभुषण तथा पदकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल पनि परेकी छन्। उनलाई सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्रीले विभुषण गर्न लागेको हो। यो विभुषण पाउनेको ३६ औं नम्बरमा सीताको नाम छ।

सीताले अहिले सरकारमा हालीमुहाली गरिरहेका प्रचण्डको उत्ताउलो पनका कारण यो विभूषण पाएकी हुन् । उनी लामो समय बिरामी भई विस्तारामा भएकोले दाहाल परिवारले विभूषण दिँदा पो रोग शान्त हुन्छकी भन्ने सोचेको होला ।

यता कमरेड माधवलाई पनि बितिसकेका बुबाको नाममा विभूषण चाहियो । उतिबेला राजाको शासनकालमा उनको पिताको कदर भएन भन्ने उनलाई लाग्दो हो ।

अब भने अध्यक्ष माधव नेपालका दिवंगत बुवा मंगल कुमार उपाध्याय प्रवल जनसेवाश्रीबाट सम्मानित हुने भए। गौरस्थित श्री ३ जुद्ध हाइस्कुलको प्रधानाध्यापक र रौतहट क्याम्पसको पूर्वक्याम्पस–प्रमुख समेत रहेका उनलाई साहित्यकारका रुपमा उक्त पदक प्रदान गर्न लागिएको बताइएको छ।

निकट भविष्यमा उनका पिता ठूला साहित्यकार भएको भन्दै पाठ्यक्रममा उनका पिताका कविता छापिएलान् । त्याे पढेर हाम्रा भावी सन्तति कृतकृत्य होलान् ।