काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा ओमानविरुद्धको दोस्रो खेलमा नेपालले पहिले बलिटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपाली टोलीमा आज दुईवटा परिवर्तन गरिएको छ । शरद भेषावकर र आरिफ शेख अन्तिम ११ मा अटाएका छन् भने  कुशल मल्ल र गुल्सन झा बाहिरिएका छन् ।

यसअघि पहिलो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल आज जित निकाल्दै त्रिकोणात्मक सिरिजलाई सुखद अन्त्य गर्ने दाउमा रहेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा शुक्रबार अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

त्यसअघि नेपालले यही सिरिजका लागि अभ्यासस्वरुप पपुवान्यूगिनीसँग खेलेका दुई एकदिवसीय खेलमा जित निकालेको थियो ।

यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो अर्थात् ओमानसँग नेपालले लिग–२मा मा जित निकाल्न सकेको छैन । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

७ वटै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल र ओमानमा जारी सिरिजमा तीन खेल खेलिसकेको छ । लिगमा नेपालले आजसम्म ६ खेल खेल्दा ३ जितसहित ६ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १२ खेलमा १० जितसहित २० अङ्क जोडेर शीर्ष स्थानमा छ । १५ खेलमा ७ जित निकालेको अमेरिका १४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ तेस्रो, नामिबिया ८ अंकसहित चौथो, युएई ७ अंक जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।

ओमानविरुद्ध खेल्ने नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, भेषावकर करण, आरिफ शेख, केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, र सुशान भारी ।