सिन्ह्वा– अफगानिस्तानलाई सहयोग गर्न चीनले विश्व समूदायसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले उक्त आग्रह गरेका हुन् ।


ADVERTISEMENT


अहिले अफगानिस्तानलाई सहयोग आवश्यक रहेको भन्दै बिङले आफ्नो चाहना र मोडेलमा नै सहयोग गर्न आग्रह गरे । हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरूको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्‍याउनु पर्ने बिङको धारणा छ ।

अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरू जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरे ।

अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरू लिएर जानुपर्ने उनले उल्लेख गरेका छन् । रासस