काठमाडौं – ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी नेपाल सरकारबाट दिइने ‘सुप्रबल जनसेवा श्री पदक’बाट विभूषित भएका छन् ।


ADVERTISEMENT


अध्यक्ष भण्डारी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् ।


ADVERTISEMENT

# # #


युवा भण्डारी स्वास्थ्य क्षेत्रका चिरपरिचित नाम हुन् ।

विभिन्न क्षेत्रमा योगदान पुर्याएका भण्डारीलाई सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित गरिएको हो ।

सातौं संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ९ सय ३३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पद अलंकारबाट सम्मान गरेकी थिइन् ।

साेही क्रममा ह्याम्सका अध्यक्षसमेत रहेका स्वास्थ्य क्षेत्रका अग्रणी व्यक्तित्व आरएस भण्डारी सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भए ।