बाँके– जिल्लाको पिपरीमा रहेको कृषि बैंकको शाखाको समुदघाटन भएको छ ।


ADVERTISEMENT


गत शनिवार  पिपरीस्थित रहेको  शाखा औपचारिक रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट समुदघाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा बोल्दै अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकको ‘कृषि लाई नछोडने अरुलाई जोड्ने’ मुल नारा अनुरुप समय परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विशेष जोड दिने बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ , जसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, बिउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने उनको भनाई छ ।

नेपालगंज प्रदेश कार्यालयका निर्देशक गिरीराज रेग्मीको अध्यक्षता रहेको सो कार्यक्रममा बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले भने कृषि बैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराएका थिए ।

शाखा पिपरीका प्रवन्धक नेत्र वुढथापाको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा कृषि विकास बैंक लि. प्रदेश ६ का प्रदेश प्रमुख श्री खुर्सेद महम्द, बैंक अन्य कर्मचारी लगायतको उपस्थित रहेको थियो ।