काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नजिकिदैँ गरेको पर्वलाई मध्यनजर गर्दै आवागवनमा विशेष सर्तकता अपनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले मंगलबार समाजिक सञ्जालमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


कोभिड–१९ संक्रमण दर कम भएपनि जोखिम कायमै रहेको बताउँदै उनले लेखेका छन्, ‘कोभिड–१९ नयाँ संक्रमितहरुको संख्या केहि कम भएको हो यद्यपि संक्रमण दर दोहोरो अंक नजिकै छ ।’

यस्तै उनले निपाह भाइरसबाट जोगिनका लागि पनि कोभिड–१९ कै जस्तो स्वास्थ्य मापदण्ड अनुशासित रुपमा पालना गर्नुमा समेत जोड दिएका छन् ।