काठमाडाैं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।


ADVERTISEMENT


सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।