काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त हुनु भएका छन् ।


ADVERTISEMENT


डा. खड्कालाई मंगलबार बसेको सत्ता गठबन्धन दलका शीर्षनेताको बैठक सहमतिअनुसार, परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री सचिवालयका गोविन्द परियारका अनुसार, खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष समेत पठाइ सकेको छ ।

उनले आज दिउँसो १ बजे नै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको परियारले जनाए।