मकवानपुर – नेकपा एमालेको अहिलेको क्रियाकलापले जनता आजित भएको भन्दै नेकपा एमाले हेटौंडाका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौंडा ६ का सहइन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया दुच्र्याइ रहेका छन् ।  सो अवसरमा नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले उनीहरूलाई पार्टीको सदस्य प्रदान गरेका छन् ।

पार्टी प्रवेश गरेका घिमिरेले  अब काङ्ग्रेसबाट मात्रै विकास र स्थिरता सम्भव भएको बताए ।

उनले कम्युनिस्टमा कार्यकर्ता र जनताको समस्या बुझ्ने भावना समाप्त भएको र स्वेच्छाचारिता बढेकाले समाजसेवामा होमिन कांग्रेस रोजेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा स्याङतान्, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौँडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, हेटौंडा १७ का वडा सभापति नवराज न्यौपाने, हेटौँडा ६ का वडा सदस्य राजकुमार बास्तोला लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।