काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि दिउँसो तीन बजे बस्दैछ।


ADVERTISEMENT


बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।


ADVERTISEMENT

# # #


बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ।

यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै विरोध गरिरहेको छ ।