बेलायत– बेलायतमा नेपाल–भारत सैन्य प्रशिक्षण शुरु भएको छ ।


ADVERTISEMENT


नेपाल–भारत संयुक्त बटालियन स्तरका ‘सूर्य किरण’ सैन्य प्रशिक्षणको प्रशिक्षण बेलायतको पिथौरागढस्थित आजबाट शुरु भएको हो ।


ADVERTISEMENT

# # #


आज एक विशेष उद्घाटन समारोहबीच दुवै दलले आफ्ना–आफ्ना राष्ट्रिय एवम् सैन्य धुनहरु प्रस्तुत गरेर उक्त प्रशिक्षणको शुरुआत गरेका छन् ।

३ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको उक्त प्रशिक्षणका क्रममा आन्तरिक सुरक्षा विकास एवम् आतंकवाद विरोधी अभियान तथा उद्धारको विषयमा भएको आफ्नो अनुभव साझा गर्नका निम्ति नेपाली एवम् भारतीय दुवै सेनाका तर्फबाट एक–एक जनाले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा बोल्दै भारतको उत्तरी क्षेत्रको जीओसी लेफ्टिनेन्ट एसएस महलले उक्त सभाको सम्बोधन गर्दै प्रशिक्षणबाट आपसी विश्वास, आन्तरिक ज्ञान अभिवृद्धि एवम् सर्वाेकृष्ट तालिम प्रस्तुत गर्न प्रोत्साहित समेत गरे । प्रशिक्षणमा दुवै सेनाका झण्डै ६ सय ५० सुरक्षाकर्मीहरु सहभागी छन् ।

यसअघि गत शनिवार टुकडी पिथौरागढ पुगेका नेपाली सेनालाई पराम्परागत रुपमा स्वागत गरिएको थियो ।