काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ्गलाई नियुक्त गरेको छ । उनी एभरेस्ट बैँकमा सीईओ बन्ने पहिलो नेपाली हुन् । भारतको पञ्जाव नेसनल बैँकको २० प्रतिशत लगानी रहेको एभरेस्ट बैँकमा यसअघि भारतबाटै प्रतिनिधिका रुपमा सीईओ आउने गरेका थिए ।


ADVERTISEMENT


विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आजैदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभर १०५ शाखा संजाल, १३७ एटीएसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । भारतको पञ्जाब नेसनल बैँकसँगको ‘जोइन्ट भेन्चर’मा सञ्चालन भइरहेको एभरेस्ट बैँक सन् १९९४ मा स्थापना भएको थियो ।