काठमाडौ‌ं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोही महानगरपालिका–१७ सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन् ।


ADVERTISEMENT

# # #


विशेष सूचनाको अधारमा लागुऔषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना ३५ प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सडकबाट ८३ केजी अवैध लागुऔषध गाँजा सहित सोही उपमहानगरपालिका टाङगिया बस्ती टोल बस्ने ४१ वर्षीय रुक बहादुर रुम्बालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

साथै उक्त बोरा फाली भाग्ने व्यक्तिमध्ये रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । साथै बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल र १ थान साईकल समेत प्रहरीले बरामद गरेको छ । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।