रौतहट – स्रोत नखुलेको नेपाली नगदसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


ईशनाथ नगरपालिका–२ औरैया स्थित मिठुअवा टोलबाट दुई जना पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका९३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरु समातिएका हुन् ।

उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारेपछि पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।