काठमाडौं – मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि एकिकृत भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा माओवादि अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरे ।


ADVERTISEMENT

# # #


घोषणापत्र सार्वजनिक गरेपछि एमाले अध्यक्ष ओलीले बाम गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागिमात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताए । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उनको छ । एमाले र माओवादी मिल्दा कोकोहोलो गर्नुको अर्थ नरहेको टिप्पणी ओलीले गरे ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताए । अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेकोमा जोड दिए ।
आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै उनले आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए ।
गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँलाई तराई– मधेशसँग जोड्ने महत्वाकाक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । सो मार्गलाई आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा समेत समावेश गरेको छ ।

आशन्न निर्वाचनपछि पार्टी एकताको तयारी गरेका एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्र लिएर मतदातासमक्ष जान लागेका छन् ।

यस्तो छ घोषणापत्र: