काठमाडौं – विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ ।


ADVERTISEMENT


वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसासमेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले जान पाउने हुन् भन्ने अझै अनिश्चित छ ।

चीन, बंगलादेश, अस्ट्रेलियामा पढ्दापढ्दै नेपाल आएका विद्यार्थी अझै फर्कन पाएका छैनन् ।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेका यस्ता विद्यार्थीलाई सम्बन्धित मुलुकमा पठाउने व्यवस्था गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

विदेश जान नपाएर रोकिएका विद्यार्थीको विषयमा शिक्षा मन्त्रालयसँग समितिका सदस्यहरूले छलफल गरेका थिए । छलफलपछि समितिले कूटनीतिक पहल गरी अलपत्र विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । कान्तिपुर दैनिकबाट ।