ताप्लेजुङ – नेपाली कांग्रेसले  ताप्लेजुङ  जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ ।


ADVERTISEMENT


एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।


ADVERTISEMENT

# # #


फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।

यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन् ।

फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।