झापा – कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाको एक पालिका सभापतिमा दुवै उमेदवारले बराबरी मत पाएका छन् ।


ADVERTISEMENT


कमल गाउँपालिकामा दुवै मेदवारले बराबरी मत पाएपछि उनीहरुले एकअर्कालाई बधाई दिँदै आधाआधा कार्यकाल सम्हाल्ने सहमति समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५-६५ मत ल्याएर बराबरी भएका हुन् ।

यस्तो अवस्थामा एकले अर्कोलाई छाडिदिने वा गोलाप्रथा गरिने चलन हुन्छ । तर, उनीहरुले सहमतिमा आधाआधा कार्यकालको नेतृत्व गर्ने बताए ।

उनीहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत झापाका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।  चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो ।

मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित  भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् ।

यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए । रासस