काठमाडौं –  काठमाडौंबाट चाडबाडमा घर जान चाहने यात्रुका लागिआ जबाट  अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ । बुकिङका लागि विभिन्न काउन्टरहरु तोकिएको छ ।


ADVERTISEMENT


कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’समेत थप गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै ‘टिकट काउन्टर’ थप गरिएको हो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ बिहान ७ बजेदेखि सुरु गरिएको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

तस्बिर: रासस