काठमाडौं – बुद्ध एयरका उडानमा प्रावधिक समस्या देखिएको छ । बुद्ध एयरका  दुई उडानमा प्राविधिक समस्या आएपछि के कति कारणले यसो भएको हो भनी छानबिन टोली गठन हुने भएको छ ।


ADVERTISEMENT


सोमबार विहान साढे सात बजे काठमाडौँबाट पोखराका लागि उडेको बुद्धको यू ६०१–९ एनएजेओ कलसाइनको जहाजको ‘प्राइमेरी इन्डिकेटर’मा समस्या आएको थियो ।


ADVERTISEMENT

# # #


समस्या देखिएपछि यात्रुलाई अर्को जहाजमार्फत पोखरा पुर्याइएको थियो।

त्यस्तैगरी काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि २५ मिनेटभन्दा बढी आकाशमै होल्ड भएको थियो।

अवतरणको क्रममामा पाङ्ग्रा नखुलेपछि विराटनगरका लागि उडेको जहाजलाई त्रिभुवन विमानस्थलमै फिर्ता गरिएको जोशीले जानकारी दिए। उनका अनुसार उक्त जहाज अहिले सामान्य अवतरण भएर यात्रुलाई अर्को विमानमा सारिएको छ ।

घटनाकाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन टोली गठन गरिएको छ।

यस विषयमा बुद्ध एयरका साथै प्राधिकरणअन्तर्गतको हवाइ सुरक्षा विभागले पनि घटनाको छानबिन गर्नेछ।