काठमाडौँ – प्रत्येक वर्ष नेपालीहरुको महान चाँड विजयादशमीको अवसरमा नयाँ नयाँ अफर ल्याउँदै आएको डिश मिडिया नेटवर्क लिमिटेडले यो वर्ष पनि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’को अफर ल्याएको छ ।


ADVERTISEMENT


कम्पनीले रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न उक्त योजना ल्याएको जनाएको छ । सोमबारदेखि लागू हुने गरी यो योजना अन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।


ADVERTISEMENT

# # #


साथै हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । कम्पनीका अनुसार लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।

लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन्। यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ ।

यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुने कम्पनीले जनाएको छ ।