काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन चालू रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा ओलीले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानुन विपरित रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले यसअघि मध्यरातमा संसद बन्द गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद चालू रहेका बेला कानूनबिपरित फिर्ता गरिएको आरोप लगाए ।

ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको दोहर्याए । उनले ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चूप लागेर बसेको बताए ।

आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले आफ्नो सरकार ५ बर्ष चलाउन जनादेश प्राप्त भएपनि बिचैमा छोड्नपर्नु आफ्नो ढंग नपुगेको पनि हुनसक्ने बताए ।

ओलीले आफु नेतृत्वको सरकारले असाधारण विकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाई नहुने तर्क गरे । ओलीले जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरे ।