काठमाण्डौं-पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने भएको छ ।


ADVERTISEMENT


शिक्षा ऐन आठौ संशोधनले शिशुकक्षा देखि १२ सम्म विद्यालय शिक्षामा अंगिकार गरिसकेपछि पहिलाको पटक कक्षा ११ र १२ को पाठ्यक्रम विद्यालय शिक्षासँग मिल्नेगरी परिमार्जन गर्न लागिएको हो ।
विश्वविद्यालयको प्रमाणपत्र तहको विभिन्न संकायलार्इ आधारमा मानेर साविक उच्च माध्यामिक शिक्षा परिषद्ले बनाएको कक्षा ११ र १२ को पाठ्यक्रमलार्इ केन्द्रले एकरुपता हुनेगरी परिमार्जन गर्न लागेको हो ।
केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारुप समेत संशोधन गरी माध्यामिक तहको कक्षा ९ देखि १२ सम्मको संरचना स्वीकृतिको क्रममा रहेको जनाएको छ । कक्षा १२ पुरा गरेपछि विद्यार्थीले उच्चशिक्षा प्रदायक संस्थाहरुमा सजिलै अध्ययनको अवसर र रोजगार बजारमा विक्नेगरी पाठ्यक्रम तर्जुमा गर्न लागिपरेको केन्द्रको भनार्इ छ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #