काठमाण्डौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल सुरु भएसँगै विराटनगर लगायत पूर्वका मुख्य व्यापारिक सहरहरुमा दल र उम्मेदवारका नाममा चन्दा संकलन गर्ने क्रम तीव्र भएको छ ।
उद्योगी–व्यवसायीलाई फोन गरेर चुनाव खर्च भन्दै चन्दा उठाउने क्रम बढेको विराटनगरका एक उद्योगीले बताए ।
यस्तै क्रम इटहरीलगायत पूर्वका अन्य व्यापारिक सहरमा पनि रहेको उनले भनाइ छ ।
विगतमा पनि चुनावका बेला उम्मेदवारहरुले उद्योगी–व्यवसायीबाट आर्थिक सहयोग लिंदै आएका छन् ।
केही दलका भातृ संगठनमा आवद्ध कार्यकर्ताहरु आर्थिक सहयोग भन्दै समूह बनाएर उद्योगी व्यापारीकहाँ पुग्ने गरेको व्यवसायीहरुले बताएका छन् ।


ADVERTISEMENT