काठमाडौँ – गरिमा विकास बैंक र ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’बीच ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा गरिमा विकास बैँकका ग्राहकले ४० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।


ADVERTISEMENT

# # #


बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुट प्राप्त गर्ने भएका छन् । जस अनुसार कपाल ट्रान्सप्लान्ट गर्दा २५ देखि ४० प्रतिशतसम्म छुट पाइने भएको छ ।

यस्तै स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत छुट मिल्ने भने हेयर फल ट्रिटमेन्ट गर्दा २५ प्रतिशत मिल्नेछ । ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट प्रदान गर्ने बैँकले जनाएको छ ।