काठमाडौं – आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७-७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।


ADVERTISEMENT


सो अवधिमा कार्यालयले कूल  दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा  ५८ करोड ६६ लाख  रुपैयाँ राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर  ९७ करोड २८ लाख रुपैयाँ , मूल्यअभिवृद्धि कर  ९२ करोड ८८ लाख रुपैयाँ र अन्तःशुल्क  ८९ करोड ६८ लाख रुपैयाँ छ ।


ADVERTISEMENT

# # #


लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६-७७ मा कूल  दुई अर्ब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६-७७ को तुलनामा गत वर्ष  ५२ रुपैयाँ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल  २६ करोड ६१ लाख रुपैयाँ र भदौमा १२ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक रु दुई अर्ब ४२ करोड ७० लाख  रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे । रासस