काठमाडौं – आज बिहान बानेश्वर बाग्मती खोलाको पुलमुनि (बानेश्वरक्याम्पस नजिकै) एक जना महिलाको शव फेला परेको छ ।


ADVERTISEMENT


अगाडि बाग्मती खोलाको पुलमुनि महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेका थियो ।

शव कतैबाट बगाएर ल्याएर अड्केको जस्तो देखिएको प्रहरीले बताएको छ । यद्यपि यसबारे विस्तृत विवरण पोस्टमार्टमपछि थाह हुनेछ । शवको सनाखत भने भएको छैन ।