रामेछाप– सुनजस्तो देखिने पहेँलो धातुसहित व्यक्ति पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा रामेछाप घर भई हाल कुमारीगल–०६ बौद्धस्थित बस्दै आएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।


ADVERTISEMENT

# # #


त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई शकांस्पद रुपमा उभिएका उनलाई प्रहरीले निगरानी गर्दै जाँदा उनीबाट तीन थान बाला (कुल एक सय ५० ग्राम) पहेँलो धातु बरामद गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आज (बिहिवार) बिहान ७ बजे ल्याण्ड भएको उडानद्वारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याएको सुनजस्तो पहेँलो धातु अवैध रुपमा लान लागेको बुझिएको छ ।

थप अनुसन्धान र आवश्यक कारवाहिका लागि उनलाई पक्राउ गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।