काठमाडौँ – नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित भएको छ ।


ADVERTISEMENT


नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक ‘ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।


ADVERTISEMENT

# # #


सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

१३५ शाखा, १८४ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।