काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ । दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रममा छ ।


ADVERTISEMENT

# # #


यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताए । सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्न मद्दत पु¥याउनेमा जोड दिए । साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताए ।

एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८/१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । रासस