काठमाडौँ– सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) घ्यूको मुल्य वृद्धि गरेको छ ।


ADVERTISEMENT


डीडीसीले दशैंको मुखैमा घिउमा प्रतिकिलो रु. एकसयका दरले उपभोक्ता मूल्य बढाएको हो ।


ADVERTISEMENT

# # #


प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनको भनाई छ ।

यद्यपि सरकारद्धारा सञ्चालित दशैं तिहार लक्षित सहुलियत पसलमा भने कात्तिक २४ सम्म बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनले बताए ।