काठमाडौँ–प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नमा आइतबार वृक्षरोपण गरेका छन् ।


ADVERTISEMENT


६६औं प्रहरी दिवस २०७८ को अवसरमा उनले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज परिसरमा वृक्षारोपण गरेका हुन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा, तेजपत्ता, भोगटे, लप्सी र सिरिस लगायत विभिन्न जातका ७१ वटा विरुवाहरु रोपिएको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरु समेतले प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्तर्गत वृक्षरोपण गरेका छन् ।